×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यसरी घट्यो एउटा हत्याकाण्ड जसका कारण पशुपति भिजनमा रहेको होटल अमादब्लम बन्द भयो !

काठमाडौं । पशुपति भिजनमा रहेको होटल अमादब्लममा भएको एउटा हत्याकाण्डको रहस्यका विषयमा सूक्ष्म अध्ययन सुरू भएको छ । 
माइती नेपालमा कार्यरत भारतीय नागरिक आदित्य गुरूङको हत्यामा  होटलकै कर्मचारीको संलग्नता रहेको भनी प्रहरीले अनुसन्धान गरिरहेको छ । गुरूङले माइती नेपालमा ‘होस्टल वार्डेन’ र बास्केटबल ‘कोच’ का रूपमा काम गर्दै आएका थिए ।
आदित्य गुरूङ माइती नेपालको कामबाट त्यस दिनलाई छुट्टी लिएर गौशालाको पिङ्गलास्थान आएका थिए । उनकी फुपु माइती नेपालकी संस्थापक अनुराधा कोइरालाको घरसमेत भएकाले पिङ्गलास्थानमा उनको बारम्बार आउजाउ हुन्थ्यो । कोइरालाका छोरा मनिषसँग भेट्न आइरहन्थे उनी। साथीहरूसंग साँझ र रातको जमघटका लागि पनि प्रायः उनी पिङ्गलास्थान पुग्थे । त्यो उनको अड्डै थियो ।
प्रहरी अनुसन्धानअनुसार त्यसदिन साँझ पनि आदित्य पिङ्गलास्थान आए। आदित्य नआइपुग्दै उनका पाँचसात जना साथी पिङ्गलास्थान चोकमा भेला भइसकेका थिए । गुरूङ आएपछि एकछिन उनीहरूको गफगाफ चल्यो। गफ सकिएपछि अरू साथी आ–आफ्नो बाटो लागे । गुरूङले संगै रहेका गणेश ढुंगेल र अर्जुन थापालाई त्यसदिन आफूसंगै बस्न भनेको अनुसन्धानले देखाएको छ । 
‘आज संगै बसौं, तिमीहरूलाई होटल अमादब्लममा बसाउँछु आज,’ आदित्यले त्यस दिन आफूसँग गरेको कुराकानी सम्झिँदै अर्जुन थापा भन्छन्, ‘आदित्य दाइले भनेपछि म र गणेश दाइ उहाँसंगै बस्यौं अरू साथीहरू आ–आफ्नो घर गए ।’
होटलमा बस्ने निधो भएपछि आदित्यले पुनः ठमेल गएर ‘लाइट ब्याण्ड म्युजिक’ सुन्ने इच्छा गर े। त्यसपछि तीनैजना पिङ्गलास्थानको पशुपति भिजनस्थित होटल अमादब्लममा भोलिपल्ट बिहानको ब्रेकफास्ट समेतका लागि भनेर कोठा बुकिङ बापत ४ हजार छाडी ठमेलतर्फ लागे ।
उनीहरूले ठमेलको ‘सिसा टेरेस बार एण्ड रेस्टुरेन्ट’ मा ४५ मिनेट बिताए । उक्त रेस्टुरेन्टमा आदित्य र अर्जुनले रम पिए, गणेशले भोड्का। ठमेलमा नै प्रत्येकले तीन पेग पिइसकेका थिए। त्यसपछि उनीहरू ट्याक्सी चढेर होटल अमादब्लम फर्किए । होटल आइपुग्दा रातीको करिब ११ः३० बजिसकेको थिया े। 
होटलमा फर्किएपछि गणेश सुतिहाले । गुरूङले पुनः मदिरा सेवन गर्ने इच्छा गरे । ‘बाबु तल कल गर त, एक क्वार्टर रम थपेर सुत्नुपर्छ,’ गुरूङले अर्जुन थापालाई अह्राए ।
थापाले रिसेप्सनमा फोन गरे । उताबाट बार बन्द भइसकेको जवाफ आयो । आदित्यले अर्जुनसँग फोन मागेर कुरा गर्न खोज े। आदित्यले अनुरोध गरेपछि होटल बागमतीबाट मगाइदिने जवाफ आयो रिसेप्सनबाट । त्यतिबेलासम्म कुराकानी हार्दिक रूपले चलिरहेको थियो। रिसेप्सनमा सम्पर्क भएको पन्ध्रबीस मिनेटपछि उनीहरू बसेको ढोका कसैले ‘नक’ र्गयो। खोलेर हेर्दा होटलको सेक्युरिटी गार्ड थिए । सरासर उनीहरू सामु आएर सेक्युरिटी गार्डले होटल बागमतीको मेनु देखाए ।
रक्सी नपाएपछि चर्काचर्की पर्न थालेपछि आदित्यले अर्जुनसँग होटलबाट निस्कौं भनेका थिए । आदित्यले भनेपछि कोठामा सुतिरहेका गणेश ढुंगेललाई बोलाउन अर्जुन माथि उक्लिए । होटलका रिसेप्सनिस्ट डोनी शेर्पासँग गुरूङको चर्काचर्की परिरहेको थियो । कोठामा पुगेपछि उनले चाबी तलै छुटेको थाहा पाए र पुनः रिसेप्सनमै फर्किए । उनी रिसेप्सनमा झर्दा गुरूङ र होटलका रिसेप्सनिस्ट डोनी शेर्पाबीच हात हालाहाल भइसकेको थियो ।
‘म तल झर्दा दाइलाई रिसेप्सनमा बस्ने डोनी शेर्पाले टाउको पछाडि हानेको देखें, ३ सटसम्म हानेको देखें,’ उनले भने ।
उनी होटलका सेक्युरिटी गार्डले समेत एकछिनपछि गुरूङमाथि आक्रमण गरेको बताउँछन् । एकैछिनमा गुरूङ रगतपच्छे भइसकेका थिए । सबै दृश्य देखेर आत्तिएका अर्जुन थापा प्रहरीलाई खबर गर्न भनेर बाहिर निस्किए । होटलदेखि केही मिनेटको दुरीमा रहेको गुरूङकी फुपुको छोरा मनिष कोइरालालाई बोलाउन भनेर उनी त्यतातर्फ लागेका थिए । मनिषको फोन ‘अफ’ भएकाले उनी मनिषलाई बोलाउन भनेर दौडिएका थिए । मध्यराती बोलाएको कसैले नसुनेपछि उनी फर्किएर होटलमै आइपुगे।  उनी आइपुग्दासम्म होटलमा प्रहरी आइसकेका थिए । शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका गुरूङलाई प्रहरीले सिनामङ्गलको केएमसी हस्पिटलतर्फ लैँजादा गुरूङको मृत्यु भइसकेको थियो । 
गुरूङको हत्या आरोपमा प्रहरीले होटलका ‘रिसेप्सनिस्ट’ डोनी शेर्पा, सेक्युरिटी गार्ड सरोज खड्का, शिवराज ढकाल र होटलका ड्राइभर भुपेन्द्र खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
आदित्य समाजसेवी तथा माइती नेपालकी संस्थापक अनुराधा कोइरालाको आफ्नै भदा थिए। अनुराधाका एक दाइका उनी एकमात्र छोरा थिए। आदित्यका बुबा बितिसकेका छन्।
भदाको मृत्युपछि अनुराधा शोकग्रस्त अवस्थामा छिन्। ‘भदाको मृत्युले ममी एकदमै शोकमा हुनुहुन्छ,’ कोइरालाका छोरा मनिषले भने । आदित्यकी आमा भारतको सिलिगुढीमा बस्दै आएकी छिन् ।
पोस्टमार्टम भइसकेपछि आदित्यको पार्थिव शरीरलाई सिलिगुडी पुराएर दाहसंस्कार गरिसकिएको छ ।
पीडित परिवारले भने होटलले गुरूङको मृत्युको जिम्मेवारी लिन आलटाल गरिरहेको आरोप लगाएको छ । ‘होटल सञ्चालकले दोषीलाई छुटाउनका लागि पहल गरेको सूचना हामीसम्म आइपुगेको छ, उहाँहरू पीडित परिवारलाई न्याय दिने भन्दा पनि होटल सञ्चालन गर्नेतर्फ ध्यान दिइरहनुभएको छ,’ अनुराधाका छोरा मनिष कोइरालाले भने, ‘स्वतन्त्र रूपले छानविन भएर न्याय पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’
घटनापछि होटल बन्द अवस्थामा रहेको छ । होटल एसोसियसनमा महासचिव विनय शाह अपवादका रूपमा देखापरेका घटनालाई प्रतिनिधिमुलक घटना मान्न नहुने बताउँछन् । ‘यो घटनाले हामीलाई अवश्य पनि संवेदनशील बनाएको छ, हामीले गम्भीरताका साथ घटनालाई हेरिरहेका छौं ।’
होटलमा राखीने गरिएका बाउन्सरलाई ग्राहकमाथि हात हाल्ने भन्दा पनि उनलाई सुरक्षित साथ सहजीकरण गर्नुपर्ने भएपनि उक्त होटलमा त्यसो भएन । ग्राहकलाई तर्साउने भन्दा पनि सहजीकरण गरी उसलाई पिएको अवस्थामा हिंस्रक बन्न नदिनका लागि बाउन्सर राखिने गरेको भएपनि विभिन्न होटल र क्लवहरूमा यस्तो व्यवाहार नहुने गरेका उदाहरण पर्याप्त छन् । दरबारमार्ग, ठमेलगायतका होटल, बार र रेस्टुरेन्ट, डान्सबारमा चर्को शुल्क लिएर कम मुल्यमा राखिने बाउन्सरलाई हिंसामा उत्रिन व्यावसायीले नै उद्दत गरेको धेरैको गुनासो हुने गरेको छ ।  जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: