×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यस्तो पो रहेछ अहिलेसम्म एमाले–माओवादी एकता हुन नसक्नुको कारण

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको एकीकरणमा सैद्धान्तिक र वैचारिक समस्या नरहेको उल्लेख गर्दै संगठन व्यवस्थापनमा भने केही गृहकार्य आवश्यक रहेको बताएका छन् । माओवादी केन्द्रीय कार्यालयको मंगलबारको बैठकमा पार्टी एकता र अहिलेको राजनीतिक अवस्थाबारे जानकारी दिँदै दाहालले एकता प्रक्रियाका लागि शीर्ष नेतृत्वमा छलफल भइरहेको उल्लेख गरे ।
छलफलमा आएका एकताका विकल्पबारे भने उनले स्पष्ट जानकारी बैठकलाई दिएनन् । उनले एमाले अध्यक्ष केपी ओलीसँग भेटी एकता संयोजन समितिको बैठकबाट मात्र एकतासम्बन्धी विकल्पको ठोस खाका आउने उल्लेख गरे । ओली अस्वस्थ भएकाले केही दिनयता उनीसँग छलफल नभएको तर बुधबारबाटै कुराकानी अघिबढ्ने जानकारी पनि दाहालले बैठकमा दिए ।
माओवादीभित्र एमालेसँग एकता गर्दा अध्यक्ष पद आफूले लिनुपर्ने दबाब छ । माओवादीको यसअघिको बैठकले सम्मानजनक एकता हुनुपर्ने निर्णय गरेको थियो । एकता प्रक्रियामा जाँदा मुख्य नेताहरूको पदीय व्यवस्थापनलाई विशेष ख्याल गर्ने उल्लेख थियो । सिद्धान्तका सम्बन्धमा एमालेले ‘जनताको बहुदलीय जनवाद ९जबज० र माओवादीले ‘माओवाद’ मान्दै आएका छन् ।
तर, दुवै पार्टीका यसअघिका महाधिवेशनले तयार गरेका दस्तावेजमा वैचारिक निकटता छ । त्यसैले सिद्धान्त र विचारले एकता प्रक्रियामा अडन नआउने दाहाललगायत नेताको बुझाइ छ । बैठकमा पनि दाहालले संगठन व्यवस्थापनको गृहकार्यलाई बढ्ता जोड दिएका हुन् ।
कान्तिपुर दैनिकमा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: