×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानीमा बैंकमा नयाँ ‘सुनकाण्ड’, बैंक मेनेजरलाई नै ‘वेवकुफ’ बनाएर ‘गोल्ड लोन’मा भयो घोटाला, बैंकले प्रहरी गुहार्यो

  • अर्थ सरोकार सम्बाददाता 
धरान- धरानस्थित सानीमा बैंकमा घोटाला भएको खुलासा भएको छ । सुन धीतो राखेर करिव धितोभन्दा करिब ६० लाख बढी कर्जा प्रवाह भएको पाइएपछी घोटालाको रहस्य खुलेको हो । अर्थ सरोकार डटकमलाई बैंकस्रोतले दिएको जानकारी देवीराज गुरुङ, मिनादेवी खड्का, यमुनादेवी खरेल, पृथ्वीविलास कोइराला, तुलसीदेवी कायस्त र वीरेशकुमार सुब्बाको नाममा प्रवाह भएको कर्जामा धितोभन्दा करिब ६० लाख बढी प्रवाह भएको भन्दै बैंकले प्रहरी गुहारेको छ ।
अर्थ अरोकार डटकमसँग कुराकानी गर्दै धरान प्रहरी प्रमुख रामेश्वर पौडेलले सानिमा बैंकको जाहेरी आएको र सो विषयमा आवश्यक कारबाही अघि बढाइएको जानकारी गराएका छन् । उनका अनुसार बैंकबाट धीतोको मुल्यांकनभन्दा बढी कर्जा प्रवाह भएपछि बैंकलाई घाटा हुने भन्दै बैंकले प्रहरीको सहयोग मागेको हो । स्रोतका अनुसार बैंक मेनेजरलाई झुक्याएर उक्त कर्जामा घोटाला भएको भन्दै बैंकले प्रहरी गुहारेको हो । यद्यपी सो घटनामा बैंकमा मेनेजरको हात थियो वा थिएन भन्नेबारे भने प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ । 
यसअघि धरानकै नेपाल बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, सेन्चुरी बैंक, लगायतमा सुन धीतो राखेर घोटाला भएको सार्वजनिक भएको थियो । सेन्चुरी बैंक र नेपाल बैंकको धरान शाखामा भएको घोटालामा करिब २०–२० करोड हाराहारीमा धितोभन्दा बढी लोन प्रवाह भएको भेटिएपछी दुवै बैंकका विषयमा राष्ट्र बैंक र नेपाल प्रहरीको सिआइवीले अनुसन्धान गरी कारबाहीनिम्ति सिफारिस गरेको थियो भने ती दुवै बैंक घोटालाको विषयका मुद्दा अहिले अदालतमा विचाराधीन छन् । 
यसबारे सानिमा बैंकले औपचारिक धारणा व्यक्त गरेको छैन । ‘प्रहरीले अनुसन्धान गरिरहेकाले यो विषयमा यसो नै हो भन्न सकिने अवस्था छैन ।’ सानीमा बैंकका एक उच्च अधिकारीले अर्थ सरोकार डटकमसँग भने ।   
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: