×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चीना हराउँदा देशले महान व्यक्ति पायो, SLC को सर्टिफिकेट हराउँदा त कानुन नै हरायो हजुर !

  • व्यंग्य बाँड 

एसपी ‘सुमन’

प्रिय सानाबा !
ढोग गरें !
देशमा कानुन हराएको बेला मैले तपाईंलाई पत्र लेख्न बाहेक केहि गर्न सकिन । गर्न सक्ने अवस्थामा पनि छैन । गोबिन्द केसीलाई प्रहरीले पक्राउ गरेदेखि आजकल दिमागले के के सोच्दैछ के के ! यहि बीचमा हरिबंश आचार्यलाई सम्झें, नेताहरुलाई सम्झें अनि प्रधान न्यायाधीशलाई सम्झें ।
हरिबंश आचार्य देशका गहना हुन् । उनले आफ्नो पुस्तकमा चीना हराएको कुरा बताएका छन् । आहा ! चीना हराउँदा कति फाईदा रहेछ है । यहि बेला बामदेव गौतमलाई सम्झें । बाम गठबन्धनलाई यहाँसम्म ल्याउन महत्पूर्ण भूमिका  खेले तर उनकै भोट हरायो । यहाँ यस्तै छ, केहि गर्न खोज्नेहरुको के के हराउँछ के के ! तर जव गोपाल पराजुलीलाई सम्झें, एसएलसीको सर्टिफिकेट हराएको मान्छे पदमा पुग्दा त देशमा कानुन नै हरायो हजुर के गरौँ ?        
हो सानाबा !
अहिले त यस्तो लाग्दैछ, जे सुकै हराओस् तर सर्टिफिकेट नहराओस् । त्यो पनि एसएलसीको त हराउंदै नहराओस् । यसले त विवाह पनि ४ वटी गर्न मन लाग्ने बनाउँदो रहेछ क्यार ! नागरिकता पनि नक्कली बनाउँ- बनाउँ लाग्ने रहेछ क्यार । गरिवहरुका लागि बोल्ने, भ्रष्टाचारीका विरुद्ध अनशन बस्ने, सबैका प्यारा डाक्टर गोविन्द केसीलाई नराम्रो देख्ने मन आउला । भो त्यो म सहन सक्दिन सानाबा ! मेरो सर्टिफिकेट नहाराओस् ।  
होला सनाबा, मैले यो राजनीति बुझ्न नसकेर हो कि देशको कानुन नजानेर हो, मैले यो कुरा पचाउनै सकिन । अखबारमा लेखौं भने फेरी मानहानी भनेर मलाइ पनि जाकिदिने पो हो कि भन्ने पनि लाग्यो । आखिर गरिवहरु न जेल जानुपर्ने रहेछ यो देशमा । त्यसैले तपाईंलाई सम्झें सानाबा ! के गोबिन्द केसीलाई वाक स्वतन्त्रता छैन ? उनले के बोल्न पाउँदैनन् ? के उनले अनशन बस्नु पाप हो ? के जनताको सेवा गर्नु अपराध हो ? देशमा गुण्डाहरु सभाषद भए, फरारहरुले चुनाव जिते, सबैथोक हुन पाइने तर गोबिन्द केसीले बोल्न नपाइने ?
अन्त्यमा औषधी खान नबिर्सनु है ! के गर्नु सानाबा देशमा गोबिन्द केसीहरु थुनिएका छन् र त तपाईंको नातीजस्ता हजारौंको डाक्टर बन्ने सपना पैसाकै कारण तुहिएको छ ।
उही तपाईंको छोरा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: