×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेजकरण जैन पक्राउ प्रकरण: ‘हुन्डाई’को गाडी किन्दा ठगी, कृषि बिकास बैंकको चेक बाउन्स भएपछि यस्तो ‘बबाल’ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ पुष २०७४, शनिबार

PRIME CA
laxmi sunrise bank

तेजकरण जैन पक्राउ प्रकरण: ‘हुन्डाई’को गाडी किन्दा ठगी, कृषि बिकास बैंकको चेक बाउन्स भएपछि यस्तो ‘बबाल’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं– तेज एण्ड करण इन्टरप्राइजेजका संचालक तेज कारण जैनलाई प्रहरीले पक्राउ गरेसँगै उनले गरेको ठगीका विवरणहरु बाहिर आएका छन् । महानगरीय प्रहरी वृत कालिमाटीका इन्स्पेक्टर अरुण कुमार भण्डारीका अनुसार उनलाई बैंकीङ कसुरको अभियोगमा पक्राउ गरेर अनुसन्धान शुरु गरिएको हो ।

उनका अनुसार जैनले ऋषिराज शर्मासँग खरिद गरेको बा. १२ च ९४९ नम्बरको ‘हुण्डाई आई १०’ गाडीको पैसा लामो समयसम्म नदिएर ठगी गरेका थिए । जैनले गाडीको पैसा बापत दिएको कृषि विकास बैंकको २० लाख ७५ हजार मुल्य बराबरको चेक बाउन्स भएपछी उनी विरुद्ध उजुरी परेको थियो । 
अझ खास कुरा के छ भने उनी पक्राउ परेसँगै त्यसैगरी गाडी किनेर चेक बाउन्स भएको अर्को ९ लाख ७५ हजारको उजुरी समेत परेको छ । ‘उनलाई बैंकीङ कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेका छौं’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै इन्सपेक्टर भण्डारीले भने । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: