×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समाज प्रतिको संस्थागत उत्तरदायित्व अन्तर्गत युनाइटेड सिमेन्ट्सको अर्को फड्को

काठमाडौँ – के.एल. दुगड ग्रुप अन्तर्गत युनाइटेड सिमेन्ट्स प्रा. लि. ले धुनिबेशी नगरपालिकाका स्थानीयबासीलाई सहयोग पु¥याउने उद्देश्यले माघ १० गते बुधबार एक कार्यक्रम आयोजना गरि धुनिबेसी एम्बुलेन्स व्यवस्थापन समितिलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । साथ साथै सोही कार्यक्रममा एम्बुलेन्स सञ्चालनको निमित्त नगद रु. एक लाख एक हजार पनि हस्तान्तरण गरेको छ । 
समयमै उपचार प्राप्त गर्नु सबैको अधिकार हो र राजधानीको नजिक भएतापनि यस भेगका बासिन्दा कयौं पटक एम्बुलेन्सको अभावका कारण समयमा उपचार प्राप्त नभई अकालमा ज्यान गुमाउनु परेको तथ्य हेल्थपोष्ट इन्चार्ज डा. शिवहरि भट्टले जानकारी गराए । युनाइटेड सिमेन्ट्सको यो सहयोग अति स्वागत योग्य रहेको डा. भट्ट तथा स्थानियबासिको भनाई रहेको छ । कार्यक्रममा धुनिबेशी एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष साईंला राईले समाजमा रहेर सामाजिक हितको निम्ति युनाइटेड सिमेन्ट्सले गरेको पहल अति उत्तम भएको र साथमा नगद सहयोगले एम्बुलेन्स सेवा भविष्यमा राम्रो गतिमा सञ्चालनमा आउने प्रतिबद्घता व्यक्त गरे ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: