×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

म्यानपावर व्यवसायी दाबी गर्ने यस्ता ठग, वाईबी राइका काला कर्तुतबारे तपाईंहरु पनि जानकार हुने कि !

काठमाडौं । आफूलाई व्यवसायीको नेता भन्ने र गरिब सोझा सिधा नेपाली जनतालाई ठग्ने मध्येका एक हुन इन्टरनेशनल म्यानपावरको सञ्चालक वाईबी राई । सरकारले २०७२ साल असार २१ गतेबाट नै मलेसिया लगायतका देशमा जाने कामदारको लागत शुल्क १० हजार कामय गरेपछि गरिब पछि सोझा सिधा जनतालाई रात दुई गुणा, दिँउसो चार गुणा ठग्दै आएको कारण उनी हरेक वर्ष नेपाली कामदार बढी पठाउने म्यानपावरबाट टप १० मा पर्दै आएका छन् ।
उनले मलेसिया मात्र नभएर  कतारमा पनि नेपाली कामदार पठाउने गरेका छन् । व्यवसायीको नेताको पगरी गुथेपछि न्यायीक निकाय, वैदेशिक रोजगार विभागले पनि केही गर्न सक्दैन भन्ने बुझका राई प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चको दुई पटक उपाध्यक्ष बनेका छन् । 
अध्यक्ष बन्न उनको कुनै हैसियत पुग्दैन । त्यसकारण उनी मञ्चको उपाध्यक्षमै बसेर कामदारलाई ठगी रहेका छन् । वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङको छत्रछायाँमा व्यवसाय गरी रहेका राइले नेपाली कामदारलाई बढी मलेसिया र कतारमा अलपत्र पार्ने गरेका छन् । सरकारले ल्याएको फ्रि भिषा फ्रि टिकटको निर्णय आएपछि ठगी भन्दा उनको झनै मौलाएको छ । जसका कारण राज्यलाई धेरै कर तिर्न नपर्नुका साथै मलेसियामा गएका कमादारले पनि समस्या भोगेरको खण्डमा १० हजार रूपैयाँ तिरेर उम्कने गरेका छन् । 
मलेसिया जाने कामदारसँग न्यूनतम ८५ हजार लिने बढीमा सकेसम्म पैसा लिने १० हजार रूपैयाँको रसिद दिने र पछि समस्या पर्छ भनेर सिसि क्यामेराले कैद गरेर समेत राख्ने गरेका छन् । पीडितले नेपालमा आएर उजुरी गरेको खण्डमा १० हजार लिएको हो भन्दै धम्क्याउने उनको खास पेशा हो ।  इन्टरनेशनल म्यानपावरबाट मलेसियामा जाने नेपाली ठग्दै आएका उनको कम्पनीविरूद्व वैदेशिक रोजगार विभागमा उजुरीको चाङ नै छ । उनले उजुरी गर्नेलाई आफु व्यवसायीको नेतृव्य भएको भन्दै थर्काउने गरेको पीडितहरू बताउँछन् । 
उनले मलेसियाका साथै कतारमा पनि नेपाली कामदार पठाउने गरेका छन् । त्यसका लागि उनले कतार प्यारामाउन्ट मेनपावर किनेका छन् । उनले प्यारामाउन्टको नममा माग पत्र ल्याउने र इन्टरनेशनलबाट पठाउने गरेका छन् । पछिल्लो समयमा विभागमा उनको धेरै उजुरी पर्ने गरेको र विभागका कर्मचारी उनकै सेटिङमा भएका कारण उजुरी समेत विभागले नलिने गरेको छ । जसले गर्दा गरिब नेपाली झनै गठीने गरेका छन् । जनप्रहार साप्ताहिकमा खबर छ ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: