×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कालिका माइक्रोक्रेडिटको एजीएम हुँदै, यस्तो छ प्रस्ताव

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फागुन ११ गते कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा २१.२१% बोनस सेयर प्रस्ताव पारित गर्ने र कर तिर्न १.१२% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । कालिकाले चुक्ता पुँजी ८ करोड २५ लाख रुपैयाँको २१.२१% ले हुने १ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस र ९ लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांश दिन लागेको हो । संस्थाको नाम, ठेगाना र लागो परिवर्तन गर्ने सम्बन्धी प्रस्ताव पनि सभामा पेश हुनेछ । यसैगरी, कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको बनाउने सम्बन्धमा पनि सभामा छलफल हुनेछ । 
बोनस सेयर दिइसकेपछि कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ । सभा हाटल भेनस, वालिङ–२, स्याङजामा बिहान ११ बजे सुरु हुनेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ६५ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ९९ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: