×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपि पावरको खुद नाफा ९.१९% ले घट्यो, कति पुग्यो चुक्ता पुँजी ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ माघ २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

अपि पावरको खुद नाफा ९.१९% ले घट्यो, कति पुग्यो चुक्ता पुँजी ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अपि पावरले खुद नाफा ९.१९% ले घट्दा ३ करोड १३ लाख ६७ हजार रुपैयाँ मात्र कमाएको छ । गत वर्ष कम्पनीको खुद नाफा ३ करोड ४५ लाख ४४ हजार रुपैयाँ थियो । अपिको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ९.१८% ले घटेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ९४ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको छ । 
गत वर्ष यस्तो आम्दानी ८ करोड ७५ लाख ३२ हजार रुपैयाँ थियो । अपिको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । गत वर्ष पनि चुक्ता पुँजी यही थियो । रिजर्भ कोषमा भने १४७.३७% ले सुधार भएको छ । गत वर्ष ४ करोड ९१ लाख १ हजार रुपैयाँ रहेको रिजर्भ कोषमा अहिले १२ करोड १४ लाख ६४ हजार रुपैयाँ जम्मा भएको छ । अपिको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ५७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: