विद्युत चोरीमा संलग्न भएको आरोपमा ८ जना पक्राउ

काठमाडौँ - विद्युत चोरीमा संलग्न भएको आरोपमा आठ जनालाई पक्राउ गरेका छन् । विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत मोरङको कटहरी गाउँपालिका-६ बाट नेपाल विद्युत प्राधिकरण र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

प्राधिकरण विराटनगर र मोरङ जिल्ला प्रहरी कार्यालयबाट बुधबार राति ११ बजे निस्किएको संयुक्त गस्ती टोलीले हुकिङ गरी विद्युत चोरी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कटहरी-६ बस्ने जितेन सरदार, आनन्द सरदार, दिलीप राजवंशी, नीतिलाल राजवंशी, जीतनारायण सरदार, पहाडी सरदार, वर्ष ५२ को महेन्द्र सरदार र धर्मेन्द्र सरदार रहेको छन् । अनुसन्धानपश्चात कारबाहीका लागि भन्सार कार्यालयमा आजै उनीहरुलाई बुझाएको छ ।
प्रकाशित : Thursday, February 15, 2018

recent

Popular Posts