एशियाली विकास बैंकद्धारा १० अर्ब ऋण सहयोग

काठमाडौँ - एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनः संरचनाका निम्ति १० करोड बराबरको प्राविधिक सहायता उपलब्ध गर्ने छ । ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदाख्नोभ र अर्थसचिव शंकरप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।

१६ जिल्लाका ३८८ किलोमिटर ग्रामीण सडक बाह्रै महिना सञ्चालन योग्य बनाउने र ७५ लाख ग्रामीण जनतालाई कृषि सडकसम्म पहुँच विस्तार गर्ने छ । व्यावसायिक कृषि, उत्पादकत्व वृद्धि, ग्रामीण भेगमा रोजगारीका अवसर सिर्जना र नेपालीको समृद्धिमा सघाउ पुग्ने बताइएको छ ।
प्रकाशित : Monday, February 12, 2018

recent

Popular Posts