×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फाेरमसँग मिल्न लागेका अाेलीलाई बाबुरामले दिए ‘दनक’

काठमाडौँ  – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टरार्इले संविधानमा हस्ताक्षर नगर्ने र संविधान संशोधन गर्न नपर्ने भन्नेहरु मिल्न लागेकोमा खुशी व्यक्त गरेका छन् ।

बुधबार एक ट्वीट गर्दै उनले गिलास पूरै खाली छ भन्ने र गिलास पूरै भरी छ भन्नेहरुको एउटै भान्सा हुन लागेको टिप्पणी गरे ।
‘गिलास पूरै खाली छ भन्दै संविधानमा हस्ताक्षर नगर्ने–ब्ल्याक आउट गर्नेहरू र गिलास पूरै भरिएको छ, कुनै संशोधन आवश्यक छैन भन्दै दीपावली मनाउने र आन्दोलनकारीहरूमाथि गोली वर्षाउनेहरू दुवै संविधान संशोधन गरेर एउटै भात भान्सा गर्न लागेको देख्दा खुशी !,’ उनले अगाडि भनेका छन्, ‘आधा गिलास खाली आधा गिलास भरी भनेकै त हो !’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: