एकता संयोजन समितिको बैठक आज बस्दै

काठमाडौँ - नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ ।

निर्वाचनअघि दुई दलबीच एकता गर्ने भन्दै गठबन्धन बनाएर चुनावमा गएपनि एकताका लागि निर्णायक हुन नसकेका बेला बैठक बस्न लागेको हो ।

दुई पार्टीका अध्यक्षहरुबीच एक्लाएक्लै वार्ता भएको एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच नयाँ सरकार गठन र पार्टी एकताबारे छलफल हुने छ ।

राष्ट्रियसभाको चुनाव पनि सकिएकाले पहिले सरकार गठनको प्रक्रिया अघि बढाउने चाहना एमाले अध्यक्ष ओलीको छ भने दाहाल एकतालाई पहिलो प्राथमिकतामा राख्न चाहेको बताईन्छ ।
प्रकाशित : Friday, February 09, 2018
,

recent

Popular Posts