×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइटेल मोबाइल अग्रस्थानमा

ट्रान्ससन् होल्डिङ विश्वकै अग्रणी स्थानमा रहेको मोबाइल फोन एवं अन्य सञ्चार सम्बन्धी उपकरणको निर्माता हो । यसै अनुरुप यसले यस हिमालयन मोबाइल बजारमा पनि उल्लेखनीय रुपमा आफ्नो उपभोक्ता संख्या बढाइरहेको छ । 
२०१७ को सेप्टेम्बरमा कम्पनीले विधिवत रुपमा नेपाली बजारमा प्रवेश गरेको थियो र विगत ३ महिनाको दौरानमा आइटेल ब्राण्डले १६ ५ बजार अंश ओगटी आफूलाई पहिलो स्थानमा राख्न सफल भएको छ । यस कुरालाई नेपालको आयात सम्बन्धी तथ्यांकले पनि पुष्टी गर्दछ । 
ट्रान्ससन् नेपालले करिब ४ महिना अगाडि आइटेल, टेक्नो मोवाइल र ओराइमो सेट नेपाली बजारमा भित्र्याएको थियो । यी तीन ब्राण्डहरुले बजारमा आफ्नो हिस्सा उल्लेखनीय रुपमा बढाइरहेको र क्यामोन आइले पनि छोटो समयमै नेपाली ग्राहकको मन जित्ने कम्पनीले विश्वास लिएको छ । ट्रान्स्सन नेपालले हालसालै क्यामोन आइ ब्राण्डका नयाँ मोबाइल सेटहरु नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको छ । 
फोटो खिच्नको लागि अत्यन्तै उपयुक्त क्यामोन सिरिजका यी नयाँ सेटको क्यामेरामा १३ एमपी रियर, क्वाड एल.इ.डी. लेन्स् फ्ल्यास एवं पाँच पी लेन्स् लगायत अन्य विशेषताहरु रहेको छ । यस्तै क्यामोन आइका फोनमा भएको फुल भ्यू डिस्प्ले सुबिधाले भिडियो हेर्न, गेम खेल्न, इन्टरनेट चलाउन र अन्य कार्यहरु गर्न पनि सरल र सहज हुने बताइन्छ । 
इन्सेल डिस्प्लेको प्राविधिक विशेषताले गर्दा यी नयाँ मोबाइल सेटहरु प्रयोग गर्दा उत्कृष्ठ टच स्क्रीन अनुभव हुनुका साथै व्याट्रीको पनि कम खपत हुन्छ । ३ जीबी आर ए एम, ३२ जीवी आर ओ एम एवं १३ जी.एच.जेड. क्वाड कोर प्रोसेसर भएको क्यामोन आइ पहेंलो, कालो र नीलो रंगमा उपलब्ध छ । यो मोबाइल सेटको बजार मूल्य रु. १८,५०० तोकिएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: