×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अन्तत : प्रधानमन्त्री देउवाले दिए राजीनामा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट देशवासीको नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका छन् । उनले सम्बोधनको क्रममा आफ्नो सरकारलाई सफल बनाउन सहयोग गर्ने सरकारी कर्मचारी, मन्त्रीहरु तथा आफ्ना पार्टीका नेता लगायत सबैलाई धन्यवाद दिएका छन् ।
उनले सम्बोधनको क्रममा आफ्नो सरकारले गरेका कामहरुबारे जानकारी गराएका थिए। उनले तीन तहको निर्वाचन गराउनु नै आफ्नो सरकारको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पुरा गर्न दिएको जिम्मेवारी आफूले सफलतापूर्वक पुरा गरेको बताए।
उनले सरकारमा रहँदा विकासमा काम धिमे गतिमा भएको स्विकारेका छन् । उनले आफू प्रधानमन्त्री हुँदा निर्वाचन आचार संहिता लागू भएकोले द्रुत गतिमा विकास गर्न नसकेको बताए । उनले आफ्नो कार्याकलमा बुढी गण्डकी, माथिल्लो तामाकोशी, पोखरा विमानस्थल लगाएका राष्टंरिय गौरवका आयोजनाका काम अघि बढेको दाबी गरे । यसैगरी प्रधानमन्त्री देउवाले तीन तहको निर्वाचन सम्पन्न गराएर संघीय लोकतन्त्रलाई अझै मजबुत बनाएको बताए । उनले संविधानलाई सर्वस्वीकार्य बनाउन सफल भएको बताए ।
प्रधानमन्त्री राजीनामा बुझाउन शीतल निवास जाँदैछन्। जाँदा जाँदै प्रधानमन्त्री देउवाले आफू सरकारमा नभए पनि जनताको सुखदुःखमा र पार्टीमा क्रियाशील रहिरहने बताए । उनले अब बन्ने सरकारलाई दिगो विकास, शान्ति र सहमति काय राख्न शुभकामना पनि दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: