देवः विकास बैंकले पायो ४०% हकप्रद बिक्रीको अनुमति

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं - धितोपत्र बोर्डले देवः विकास बैंकलाई ४०% हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको छ ।  बैंकले १०ः४ अनुपातमा ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद सेयर निष्कासनका लागि अनमुति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यपिटल मार्केटले गर्नेछ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार रुपैयाँ रहेको छ । 

राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । यसका लागि देवः ले हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८७ हजार ८५९ रुपैयाँ पुग्नेछ । देवः सहारा विकास बैंकलाई पनि एक्वायर गर्ने तयारीमा रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १४ करोड ६ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७९ पैसा छ ।
प्रकाशित : Friday, February 09, 2018

recent

Popular Posts