फर्निचर उद्योगमा आगलागी हुँदा १० लाख क्षति

भक्तपुर - भक्तपुर नगरपालिका–१० नागपोखरीमा बाबुकाजी शिल्पकारले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी भएको छ । उद्योगमा आगलागी हुनका कारणले गर्द करिब १० लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट काठ चिर्ने यन्त्र तीन थान, जेनरेटर एक थान र काठलगायत अन्य सामग्रीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । आगलागी महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्याँसीका प्रहरी, भक्तपुर दमकल र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा आएको थियो ।
प्रकाशित : Sunday, February 11, 2018

recent

Popular Posts