×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सप्तरीको शम्भुनाथमा आगलागी हुँदा करिब २० लाखको क्षति

राजविराज  – सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं १२ मा गएराति आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । स्थानीय मोहम्मद जलधर खानको गाईगोठमा बालेको घुरबाट अचानक सल्केको आगोले निजको एउटा घर र एउटा गाई गोठ तथा छिमेकी मो ममताज खानको एउटा गाईगोठसमेत जलेर नष्ट भएको कल्याणपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीमा परी रु पाँचलाख नगदसहि, अन्नपात, भाँडा वर्तनलगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब रु २० लाख मूल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो । आगलागीमा परी आधा दर्जन पशुचौपायासमेत जलेर मरेको प्रहरीले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: