×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फर्स्ट माइक्रोफाइनान्सको फागुन १८ देखि हकप्रद खुल्दै, फारम भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फागुन १८ गतेदेखि फर्स्ट माइक्रोफाइनान्सको हकप्रद सेयर बिक्री खुला हुने भएको छ । कम्पनीले ५०% हकप्रद बिक्री खुला गर्ने भएको छ । कम्पनीले २ः१ अनुपातमा २२ लाख ८१ हजार ३१३ कित्ता सेयर बिक्री गर्न लागेको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद सेयर चैत २३ गतेसम्म भर्न पाइनेछ । 
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर काठमाडौं तथा फर्स्ट माइक्रोफाइनान्सको ज्ञानेश्वर काठमाडौं र उर्लाबारी मोरङ तथा भरतपुर चितवनबाट पनि सेयर भर्न सकिनेछ । त्यसैगरी, आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । हाल फर्स्टको चुक्ता पुँजी ४५ करोड ६२ लाख ६३ हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५०% हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: