माओवादी केन्द्रले भव्यताका साथ मनायो २३ औँ जनयुद्ध दिवस

काठमाडौँ – नेकपा माओवादी केन्द्रले २३ औँ जनयुद्ध दिवस भव्यताका साथ मनाएको छ । जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३ पाउण्डको केक काटेका छन् ।

जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रले पेरिसडाँडामा चियापान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। पूर्व जनमुक्ति सेना नेपालको आयोजनामा सो चियापान गरिएको हो ।

वि।सं। २०५२ फागुन १ गते माओवादीले सुरु गरेको जनयुद्ध ०६३–६३ को जनआन्दोलन हुँदै ०६३ साल मंसिर ५ गते बृहत् शान्ति सम्झौतामार्फत् टुंगिएको थियो ।
प्रकाशित : Tuesday, February 13, 2018
,

recent

Popular Posts