×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्डलाई अध्यक्ष मान्‍न तयार छौं : नेता खनाल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताको लागि एमाले लचिलो हुनु पर्ने बताएका छन् । जनताले पार्टी एकताको पक्षमा मत दिएको बताउँदै खनालले त्यसको लागि दुबै पार्टीका नेताहरुले महशुस गर्नु पर्ने बताए ।
नेता खनालले एक अन्तरवार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अध्यक्ष स्वीकार गरेर भएपनि पार्टी एकता गर्नुपर्ने धारणा राखे । एमालेका वरिष्ठ नेताहरुले खुलेरै प्रचण्डलाई अध्यक्ष मान्‍न अाफूहरु तयार भएको भन्‍ने खनालको भनाई पहिलो हो । उनले प्रचण्ड पार्टी अध्‍यक्ष भएपनि अाफूलाई कुनै अापत्ति नहुने बताए ।
नेता खनालले राष्ट्रपतिको दाबी गर्दै अाएका छन् । राष्ट्रपति विद्यदेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तापछि केही सशंकित भएका नेता खनालको भनाइ सार्वजनिक भएसँगै एमालेमा तरंग पैदा भएको छ । विशेष गरी अध्यक्ष केपी ओली समूहले प्रचण्डलाई अध्यक्ष मान्‍न नसिकने बताउँदै अाएको बेला खनालले सो कुरा बताएका हुन् ।
यसैबीच पार्टी एकता संयोजन समितिको बैठक अाज बस्दैछ । राष्ट्रिय सभा निर्वाचन सम्पन्‍न भएपछि पहिलो पटक बस्न लागेको बैठकमा चुनावको समिक्षा र पार्टी एकताबारे छलफल हुने बताइएको छ । 
पार्टी एकता ढिला भइरहेको भन्दै चाडो एकता गर्न दवाव बढिरहेको बेला निर्णयक बैठक बस्न लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्डबीच भएको वार्ताले अाज संयोजन समितिको बैठक बस्ने सहमति भएको थियो ।
अाज बस्ने बैठक एकताबारे निर्णयक हुने नेताहरुले बताएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: