×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

किन गरे ओलीले माअ‍ोवादी पार्टी कार्यालय जान अस्वीकार ? यस्तो छ भित्री कारण

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जययुद्ध दिवस मनाउने निम्तो टारिदिएका छन् । ‌
ओलीलाई माओवादी केन्द्रको भातृ संगठन वाइसिएलले जनयुद्ध दिवसको कार्यक्रममा अतिथिको रूपमा पार्टी केन्द्रीय कार्यालयमा निम्तो दिएको थियो । तर, ओलीले नेपाल भ्रमणमा रहेका बेलायती रक्षामन्त्री मार्क ल्यान्क्यास्टरसँगको भेटवार्ता देखाउँदै कार्यक्रम टारिदिएका हुन् ।
नेकपा माओवादी केन्द्रले जनयुद्ध सुरू गरेको दिनको रूपमा फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ । गत माघ १८ गते वाइसिएलको बैठकले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र ओलीलाई पेरिसडाँडामा निम्तो गर्ने निर्णय नै गरेको थियो । दुई पार्टीबीच एकता प्रक्रिया अगाडि बढेकोले ओलीलाई वाइसिएलले निम्तो दिएको थियो । यद्यपी ओलीले चाहेका भए उक्त कार्यक्रममा सहभागी हुन सक्ने कतिपयको बुझाइ छ ।
एमालेले जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुन उपाध्यक्ष वामदेव गौतमलाई पठाएको छ । दुई वाम पार्टीका अध्यक्षबीच सोमबार मात्र सैद्धान्तिक विषय संश्लेषण गरेर पार्टी एकतामा जाने समझदारी भएको थियो । दुवै पार्टीका अध्यक्ष आज पनि एक्ला एक्लै छलफलमा जुट्दैछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: