×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२१.२१% बोनस सेयरमा मूल्य समायोजनपछि कालिका माइक्रोक्रेडिटको सेयर कारोबार कतिमा खुल्यो ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको २१.२१% बोनस सेयरमा मूल्य समायोजन भएको छ ।समायोजन पछि आइतबार कालिकाको सेयर कारोबार १३ सय ५३ रुपैयाँलाई आधार मानेर खुल्नेछ । यसको औसत आधार मूल्य भने १ हजार ९६ रुपैयाँ रहेको छ ।
कम्पनीले २१.२१% बोनस सेयर प्रस्ताव पारित गर्न फागुन १९ गते वार्षिक साधारण सभा बोलाएको छ । त्यस्तै, कम्पनीले कर तिर्न १.१२% नगद लाभांश दिने प्रस्ताव पनि सभामा लैजाने भएको छ । कालिकाले चुक्ता पुँजी ८ करोड २५ लाख रुपैयाँको २१.२१% ले हुने १ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस र ९ लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांश दिन लागेको हो । 
सभामा संस्थाको नाम, ठेगाना र लागो परिवर्तन गर्ने सम्बन्धी प्रस्ताव पनि पेश हुँदैछ । यसैगरी, कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको बनाउने सम्बन्धमा पनि सभामा छलफल हुनेछ । बोनस सेयर दिइसकेपछि कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ । सभा होटल भेनस, वालिङ–२, स्याङजामा बिहान ११ बजे सुरु हुनेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: