प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त, कहिले हुँदैछ सपथ ग्रहण ?

काठमाडौँ  – संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्रीमा  नियुक्त भएका छन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

राजपाको समर्थनमा राउतले मंगलबार मात्र मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । १०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन्, जुन बहुमत हो । मुख्यमन्त्रीको सपथ भोलि हुनेछ । सपथ ग्रहण समारोहमा फोरम र राजपा शीर्ष नेताहरु समेत सहभागी हुने तय भएको छ ।
प्रकाशित : Wednesday, February 14, 2018
,

recent

Popular Posts