माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड

काठमाडौं - माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड छनोट भएका छन् । आइतबार बसेको बैठकले माओवादी केन्द्रका पार्टी अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो । सिंहदरवारमा बसेको बैठकमा प्रचण्डले समानुपातिक सांसद बनेकाहरुलाई प्रमाणपत्र पनि वितरण गरेका थिए ।

बैठकमा प्रचण्डले एमालेसँगको एकता प्रक्रियाबारे सामान्य जानकारीसमेत गराएका थिए । सांसद देवेन्द्र पौडेलका अनुसार प्रचण्डले एमालेसँग एकताको कोशिस भइरहेको बताए पनि विस्तृतमा खुलाएनन् ।

आइतबार पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकताकै विषयमा आफूले छलफल गर्न लागेको प्रचण्डले जानकारी गराएका थिए ।
प्रकाशित : Sunday, February 18, 2018
,

recent

Popular Posts