×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महुलीको खुद नाफा २१.२८% ले वृद्धि, प्रतिसेयर आम्दानी ८८ रुपैयाँ ४७ पैसा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चम्किलो प्रगति गरेको छ । महुलीले आर्थिक वर्षमा खुद नाफा २१.२८% वृद्धि भएर १ करोड ७६ लाख ९३ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ ।  गत वर्ष महुलीले १ करोड ४५ लाख ८८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी भने १०.९०% ले घटेर ६ करोड ४६ लाख ७८ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्ष महुलीले ७ करोड २५ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 
त्यस्तै, सञ्चालन नाफा पनि २ करोड ३० लाख रुपैयाँबाट बढेर २ करोड ७२ लाख ३३ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको महुलीको जगेडा कोषमा १५ करोड २३ लाख ७६ हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा कम्पनीको जगेड कोष धेरै नै राम्रो हो । यता, कम्पनीको खराब कर्जा पनि थोरैले बढेर १.८५% कायम भएको छ । गत वर्ष खराब कर्जा १.४५% रहेको थियो । प्रोभिजनमा ४९ लाख ६७ हजार रुपैयाँ राखेको महुलीले ८ लाख ५१ हजार रुपैयाँ राइट ब्याक गरेको छ । प्रतिसेयर आम्दानी ८८ रुपैयाँ ४७ पैसा रहेको महुलीको प्रतिसेयर नेटवर्थ पनि ५३० रुपैयाँ ९४ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: