गिरफ्तार गरिएको नेकपा नेतालाई रिहाई गर्न वैद्यको माग (विज्ञप्तिसहित)

काठमाडौँ - नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ द्वारा नेता कार्यकर्ताहरुलाई एमाले नेतृत्वको सरकारले गिरफ्तार गरेकोप्रति आपत्ति जनाएको छ ।

विज्ञप्ति जारी गर्दै राष्ट्रिय युवा जनस्वयंसेवकको राष्ट्रिय सम्मेलन बिथोल्न नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेकोप्रति निन्दा एंव भ्रत्सना गरेको छ ।

सरकारद्वारा शान्तिपुर्णरुपमा हुन लागेको आन्तरिक सम्मेलनमा सहभागी नेता कार्यकर्तालाई गिरफ्तार गरेर फासिवादी चरित्र प्रस्तुत गरेको बताइएको छ ।

बैद्यले कार्यक्रममा शसस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा गरिएको ज्यादतीको बिरोध गर्दै सरकारद्वारा गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुको अविलम्ब रिहाइको लागि सरकारसंग जोडदार माग गरेको छ ।

रिहाइको माग गर्दै भोलि फागुन ८ गते नेपाल बन्द आव्हान गरेको छ ।
प्रकाशित : Monday, February 19, 2018
,

recent

Popular Posts