×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनसीसीको ७० लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने म्याद थप, अब कहिले सम्म पाइन्छ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं – एनसीसी बैंकको ७० लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने म्याद थप गरेको छ । अब बैंकले फागुन ३० गतेसम्म लिलामी भर्न पाइने छ । यसअघि फागुन ३ गतेसम्मको म्याद तोकेर लिलामी खुला गरिए पनि निर्धारित समयमा सेयर बिक्री नभएपछि म्याद थप गरिएको हो । सेयरको न्यूनतम मूल्य २१० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यही २१० रुपैयाँलाई आधार मानेर बोलकबोलका माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामीमा इच्छुक व्यक्ति र कम्पनी दुवैले आवेदन दिन सक्नेछन् ।
आवेदकले बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल लिमिटेड बाटुलेघर डिल्लीबजार काठमाडौं पुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । एनबी समूहले नै सेयर बिक्री गर्न लागेकाले संस्थापकतर्फको भारी सेयर बजारमा आएको हो । बोलपत्र चैत १ गते बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल लिमिटेड बाटुलेघर, डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे खोलिनेछ । हाल एनसीसीको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: