×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एन आई सी एशिया बैंकको सी-आस्वा सेवा सञ्चालन

एन आई सी एशिया बैंक लिमिटेडले सी-आस्वा सेवा (Centralized Application for ASBA Based Issuance) सञ्चालनमा ल्याएको छ ।
नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा मिति २०७४-११-११ बाट अनिवार्य रुपमा सी-आस्वा सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएकोमा उक्त प्रणाली मार्फत आवेदन दिंदा सी-आस्वा रजिष्ट्रेशन नम्बर अनिवार्य भएकोले ग्राहक महानुभावहरुलाई समयमै सी-आस्वा रजिष्ट्रेशन नम्बर प्रदान गर्ने उद्वेश्यले बैंकले आजबाट उक्त सेवा सञ्चालनमा ल्याएको छ ।
अब यस बैंकका ग्राहक महानुभावहरुले बैंकको मुलुकभर फैलिएको १६८ वटै शाखाहरुबाट सहज रुपमा सी-आस्वा रजिष्ट्रेशन नम्बर लिई सी-आस्वा प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्नेछन् ।
यो सेवा सञ्चालनमा आएसँगै ग्राहक महानुभाबहरुले बैंकबाट सी-आस्वा रजिष्ट्रेशन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन दिन सक्नेछन् । यसैगरि अनलाइन आवेदन दिन नसक्नु हुने लगानीकर्ताको हकमा बैंकको कुनैपनि शाखामा गई सी-आस्वा फारम भरि आवेदन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखि सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: