×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेरुडेले पनि सकेन अघि बढ्न, खुद नाफा ५१.२४ ले गिरावट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेरुडे लघुवित्त विकास बैंकको खुद नाफामा ५१.२४% घटेको छ । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ६५ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरे पनि यसपालि भने २ करोड २७ लाख १ हजार रुपैयाँ मात्र नाफा गरेको छ । यस्तै, बैंकले यो अवधिमा खुद ब्याज आम्दानी पनि बढाउन सकेको छैन । गत वर्षको यसै अवधिको तुलनामा खुद ब्याज आम्दानी ३.२३% ले घटेको छ । गत वर्ष १५ करोड ५६ लाख ९७ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यसपालि १५ करोड ६ लाख ६३ हजार रुपैयाँमा आएको छ । 
चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको सञ्चालन नाफा पनि ५१.२४% ले घटेर ३ करोड ५६ लाख ७३ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यो ७ करोड ३१ लाख ७५ हजार रुपैयाँ रहेको थियो । नेरुडेले १ अर्ब ३० करोड ८२ लाख ३७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा लगानी ३ अर्ब ३४ करोड ६० लाख १३ हजार रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी ३० करोड ६० लाख रुपैयाँ रहेको छ भने लगेडा कोषमा ३१ करोड ७८ लाख ५२ हजार रुपैयाँ छ । कम्पनीको खराब कर्जा १.३९% र कस्ट अफ फन्ड १०.४४ छ । प्रति सेयर आम्दानी ७.४२ रुपैयाँ रहेको नेरुडेको प्रतिसेयर नेटवर्थ २०३.८७ रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: