प्रदेश नं.६ मा सात वटा मन्त्रालय, ति कुन कुन हुन् ?

काठमाडौँ - प्रदेश नं.६ मा ७ वटा मन्त्रालय स्थापना गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित ६ नं. प्रदेशमा सात वटा मन्त्रालय रहने छ ।

२ साताअघि नै क्षेत्रीय प्रशासन कार्यालय भवनमा मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषदको कार्यालय सञ्चालन भइसकेको छ ।

प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका साथै आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहने छन् ।

मन्त्रालयको क्षेत्राधिकारभित्र शान्ति सुरक्षा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धान ब्यूरो, विपद व्यवस्थापन, कानून न्याय तथा प्रदेशसभा र प्रदेश कर्मचारीलगायत रहने छन् ।
प्रकाशित : Thursday, February 15, 2018
,

recent

Popular Posts