×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रम ओलीको पुत्ला देशभर जलाउदै, यस्तो छ कारण

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले प्रम केपी शर्मा ओलीको पुत्ला देशभर जलाउने भएको छ । नेकपाद्वारा ओली सरकारको प्रहरी दमन र हस्तक्षेपको विरुद्ध आज देशैभरी केपी पुत्ला जलाउने कार्यक्रम हुँदै छ ।
चितवनको भरतपुर स्थित हाकिमचोकमा पुत्ला जलाउने काम सम्पन्न गरेको नेकपा चितवनले जनाएको छ । नेकपाका कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुले नारासहित हाकिमचोकमा केपी ओलीको पुत्लामा आगो लगाएका छन् ।
पूर्वी कमाण्ड अन्तर्गत धनकुटाको पाखीबासमा पनि केपी ओलीको पुत्ला जलाउने कार्यक्रम सम्पन्न भएको हो । स्याङ्जाको मायाटारि बजारमा पुत्ला दहन कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
यसैगरी सिन्धुलीको हरिहरपुरगढी ८ पानताले र हरिहरपुरगढीकै १ जीतपुरमा पुत्ला जलाउने कार्यक्रम सम्पन्न भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: