×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा फाइनान्सको हकप्रद भर्ने आइतबार अन्तिम दिन, कहाँ जाने सेयर भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

पोखरा फाइनान्सको हकप्रद भर्ने आइतबार अन्तिम दिन, कहाँ जाने सेयर भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – पोखरा फाइनान्सको १५% हकप्रद सेयर भर्न अब २ दिनमात्र बाँकी छ । लगानीकर्ताले अब बिहीबार र आइतबार गरी २ दिनमा सेयर भर्नु पर्नेछ । पोखराको यस हकप्रदमा फागुन ६ गतेसम्म आवेदन दिन पाइनेछ । पोखरा फाइनान्सले पुस ३० गतेदेखि हकप्रद बिक्री खुला गरेको हो । फाइनान्सले १ः०.१५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ९ लाख ८३ हजार ६८२.७४ कित्ता सेयर बिक्री खुला गरेको हो ।  
यो हकप्रद सेयरमा बिक्री प्रबन्धक काम एनआइबीएल क्यापिटल मार्केट्सले गरेको हो । लगानीकर्ताले एनआइबीएल क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालय लगनखेल, ललितपुरबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, पोखरा फाइनान्सको मुख्य कार्यालय न्यूरोड पोखरा र यसका अधिकांश शाखा कार्यालय तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ । आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न मिल्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: