पोखरा फाइनान्सको थप २ एटिएम संचालनमा

पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले थप २ एटिएम सेवा संचालनमा ल्याएको छ । फाइनान्सले पोखराको भिमकाली पाटन शाखा तथा नागढुंगा स्थित फेवा सिटी हस्पिटल प्रा.लि.को प्रांगणमा एकै पटक २ वटा नयाँ एटिएम सञ्चालनमा ल्याएको हो । उक्त एटिएम सेवाको समुद्घाटन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धि बहादुर थापा एवं वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङले गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले बताए । 

चुक्ता पूँजी रु. ६५.५७ करोड रहेको यस वित्तीय संस्थाले २०७४ पौष सम्ममा निक्षेप करिव रु. ३ अर्व ९४ करोड ७७ लाख एवं कर्जा रु.३ अर्व ७० करोड १७ लाख तथा सञ्चालन मुनाफा रु. ७.०२ करोड कायम गर्न सफल भएको छ भने चुक्ता पूँजी वृद्धिका लागि हालै १५ प्रतिशत सेयर निष्कासन गरिएको एवं निकट भविष्यमा भैरहवा, नारायणगढ तथा वेसीशहरमा गरी थप ३ शाखाहरु सञ्चालनमा ल्याउने जानाइएको छ ।
प्रकाशित : Sunday, February 11, 2018

recent

Popular Posts