×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एकता ‘माछो माछो भ्यागुत्तो’ ! प्रचण्डलाई माकुनेले फेरि दिए धोका

काठमाडौँ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको हुनै लागेको एकतामाथि नै पश्न खडा भएको छ । बुधबार साँझसम्म नेताहरुले एकताको ९५ प्रतिशत काम सकिएको बताएका थिए । सात बुँदे सहमति पनि तयार भएको थियो ।
एकता सम्बन्धी सहमतिमा बुधबार नै हस्ताक्षर गर्न माओवादी केन्द्रले चाहेपनि एमाले नेताहरुका कारण अन्तिममा आएर हस्ताक्षर नभएको बताइएको छ । विशेष गरी ‘जनताको बहुदलीय जनवाद’ एकीकृत पार्टीको मार्गनिर्देश सिद्धान्त मान्नुपर्ने एमाले नेताहरुको अडानका कारण एकता रोकिएको बताइन्छ । एमालेले अन्तिममा आएर धोका दिएको माओवादी केन्द्रका नेताहरु बताउन थालेका छन् ।
बुधबार साँझ बसेको बैठकमा जबजको विषयमा टुंगो नलागेपछि दुबै पार्टीका नेताहरु विहीबार पुनः बस्ने भन्दै बैठकबाट उठेका थिए । विहीबार एकताको विषयमा कुनै कुरो नभएर एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको सपथ लिए । माओवादी केन्द्रले आकस्मिक बैठक बसेर पार्टी एकताबारे टुंगो नलागेसम्म सरकारमा नजाने निर्णय गर्यो । उसले एमाले नेताहरुले अन्तिम चरणमा आएर आफूलाई धोका दिएको बताएको छ । सुरुमा गरेको सबै सहमतिबाट एमाले नेताहरु पछि हटेको माके नेताहरुको आरोप छ ।
एकता छलफलको सुरुदेखि नै प्रचण्डसँग नजिक भएका एमाले वरिष्ठ नेता माधव कुमार नेपालले जबजबारे लिएको नयाँ अडानका कारण एकता रोकिएको बताइएको छ । दुई अध्यक्ष हुने, पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने, माओवाद र जबज महाधिवेशनमा लैजाने विषयमा अध्यक्ष ओली तयार भएका थिए तर नेपालले अन्तिममा आएर पछि हटेको बताइएको छ ।
नेता नेपालले बुधबार साँझ बसेको बैठकमा माकेले जबज मान्नुपर्ने भन्दै नयाँ तर्क गरे । सुरुदेखि नै एकताको विरुद्धमा लागेका महासचवि इश्वार पोखरेललगायतका नेताहरुलाई थप बल प्राप्त भयो र उनीहरुले त्यसमा थपेपछि एकता भाँडिएको थियो । ओलीसँग बोलाचान बन्द गरेर पार्टीभित्र गुट चलाएका नेपालले एकाएक जबजका कुरा ल्याएपछि ओलीलाई पनि राहत महशुस भयो । विचारमा ओली चलक भएपनि नेपाल भने कट्टर छ्न् । त्यसैगरी ओली व्यवहारमा अलि असहज छन् भने विचारमा सहज ।
बुधबार साँझको बैठकपछि एकाएक ओली र नेपालबीच एकता भयो । दुबै नेताले सरकार गठन र पार्टी एकताबारे छलफलमा जुटे । विहीबार पार्टी कार्यालयमा नेपाल र ओली एउटै गाडीमा आएका थिए । एमालेका नेता कार्यकर्ताहरुको लागि यो दृश्य अनौठो भयो । त्यसैगरी मिडियाको लागि समाचार बन्यो । दलको नेतामा प्रस्ताव पनि नेपालले नै गरे । एमाले साँसदहरुले तालि पिटे ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले नेता नेपालले आफूलाई पुनः धोका दिएको बताउन थालेका छन् । पहिलो संविधान सभा निर्वाचनमा पराजित नेपाललाई प्रचण्डले नै सभासद् बनाएका थिए । तर, पछि नेता नेपालले प्रचण्डको कुर्सी नै उल्टाइ दिए । त्यतिबेला प्रचण्डले नेपाललाई विषवृक्ष भनेका थिए । विहीबार पेरिसडाँडामा बसेको पार्टीको आकस्मिक बैठकमा पनि प्रचण्डले पुरानो कुरालाई पुनः दोहोर्याएका थिए ।

एमाले-माकेबीच सहमति भएका ७ बुँदा यस्ता थिए 
१. दुई अध्यक्ष हुने र प्रधानमन्त्रीमा आलोपालो गर्ने । जसमा सुरुको साढे २ वर्ष पार्टी र सरकारको नेतृत्व ओलीले गर्ने र त्यसपछि प्रचण्डले ।
२. एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने ।
३. एकीकृत पार्टीका राजनीतिक दर्शन मार्क्सवाद र लेनिनवाद रहने ।
४. एकता महाधिवेशनसम्म पार्टीको कार्यदिशा समाजवाद उन्मुख नयाँ कार्यदिशा निर्माण र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने ।
५. दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने । एकसय भन्दा कमको केन्द्रीय समिति बनाउने ।
६. राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रलाई ।
७. पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय बनाउने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: