प्राइम लाइफले दिने भयो १२.५% बोनस र कर तिर्न नगद लाभांश पनि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - प्राइम लाइफ इन्सुरेन्सले १२.५% बोनस सेयर दिने भएको छ । उक्त बोनस १६०% हकप्रद बिक्रीपछि कायम हुने चुक्ताबाट दिने भएको हो । कम्पनीले हाल कायम पुँजीको ३२.५% भए पनि प्रकृयामा रहेको १६०% हकप्रद भर्नेले समेत बोनस पाउने हुँदा वास्तविक बोनस दर १२.५% हुने जनाएको छ । प्राइमले बोनस सेयरमा लाग्ने कर तिर्न आवश्यक नगद लाभांश पनि दिने जनाएको छ । 

हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँ हुनेछ । कम्पनीले यही पुँजीको १२.५% बोनस सेयर दिने निर्णय गरेको हो । यो बोनसपछि भने चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राइमले ११ करोड ५१ लख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ५६ पैसा छ ।
प्रकाशित : Thursday, February 08, 2018

recent

Popular Posts