×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जनस्वयंसेवकको सम्‍मेलन सम्पन्‍न, बाबुरामको नेतृत्वमा ४५ सदस्यीय कमिटी निर्वाचित

काठमाडौं – राष्ट्रिय युवा जनस्वयंसेवकको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्‍न भएको छ । प्रहरी धरपकड र गिरफ्तारीबीच सम्पन्‍न सम्मेलनले बाबुराम राईको अध्यक्षतामा ४५ सदस्यी नयाँ नेतृत्व चयन गरेको छ ।
प्रहरी हस्तक्षेपका कारण पूर्वनिर्धारित-घोषित समय र ठाउँमा सम्भव नभएपछि इटहरीमा सम्मेलन सम्पन्‍न भएको हो ।
सम्मेलनले उपाध्यक्षमा उपाध्यक्ष मिना चलाउने, महासचिव दिप राज शेर्पाली, सचिव देव गुरुङ, कोसाध्य्छ्य प्रेम बिकसहित ४५ केन्द्रीय समिति सर्वसम्मत रुपमा चयन भएको नवनिर्वाचित अध्यक्ष राईले जानकारी दिए ।
सम्मेलनको उद्घाटन गर्न विराटनगर पुगेका नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पोलिट्ब्यूरो सदस्य पदम राईसहित २ सय नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
पार्टीका पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्माले सम्मेलनको उद्घाटन गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: