×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रुरल माइक्रोफाइनान्सको खुद नाफा २९.४६% वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले  ११ करोड २१ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २९.४६% ले धेरै हो । गत वर्ष रुरलले ८ करोड ६६ लाख ४७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी पनि २३.४८% ले वृद्धि भएर १८ करोड १५ लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष रुरलले १४ करोड ७० लाख २२ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन नाफा पनि १३ करोडबाट बढेर १७ करोड ६२ लाख २१ हजार रुपैयाँ पुगेको छ । रुरलको खुद नाफा बढ्नुमा ब्याज आम्दानी र सञ्चालन नाफाकै हात रहेको देखिन्छ । चुक्ता पुँजी ७२ करोड ६७ लाख २६ हजार रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा १ अर्ब २८ करोड ८९ लाख ६ हजार रुपैयाँ छ । यस रिजर्भ कोष पनि आकर्षक मान्न सकिन्छ । गत वर्ष यस कम्पनीको चुक्ता पुँजी ६९ करोड २१ लाख २० हजार रुपैयाँ मात्र थियो ।
रुरलले गत वर्षको कमाईबाट ५% बोनस सेयर दिने प्रस्ताव पुस २८ मा भएको सभाबाट पारित गराइसकेको छ । बोनसपछि चुक्ता पुँजी ७२ करोड ६७ लाख २६ हजार रुपैयाँ पुगेको हो । यसैगरी, साधारण सभाले १५% नगद लाभांश दिने प्रस्ताव पनि पास गरिसकेको छ । कम्पनीले प्रोभिजनमा ३८ लाख ६८ हजार रुपैयाँ राखेको छ । रुरलले प्रतिसेयर आम्दानी ५ रुपैयाँले बढेर ३० रुपैयाँ ८७ पैसा (वार्षिक) पुर्याएको छ । प्रतिसेयर नेटवर्थ २७७ रुपैयाँ ३६ पैसा छ । रुरलको गत वर्ष प्रतिसेयर आम्दानी २५ रुपैयाँ ०४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ ०४ पैसा रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: