×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

शंकर पोखरेल र शेरधन राईले आज मुख्यमन्त्रीको सपथ ग्रहण गर्दै

काठमाडौं – प्रदेश ५ संसदीय दलका नेता शंकर पोखरेल र १ नम्वर प्रदेश संसदीय दलका नेता शेरधन राईले बुधबार मुख्यमन्त्रीको सपथ लिने भएका छन् । मुख्यमन्त्रीमा पोखरेलको निर्वाचन सम्पन्न भएलगतै टुंगिएको थियो । तर सत्तासाझेदार दल माओवादी केन्द्रका कारण उनको सपथमा ढिलाई भइरहेको थियो ।
त्यसैगरी प्रदेश नम्वर १ को मुख्यमन्त्री राईले सपथ लिने भएका छन् । पोखरेल र राईको सपथपछि सानो आकारको आजै मन्त्रिपरिषद गठन हुने भएको छ । एमाले र माओवादी केन्द्रबाट आज दुवै प्रदेशमा सानो आकारको मन्त्रिपरिषद बन्ने भएको छ ।
पोखरेल एमालेभित्रका सैद्धान्तिक नेता हुन् । ५ नम्वर प्रदेशलाई देशकै समृद्ध प्रदेश बनाउने उदघोष गरेको पोखरेलले सपथ आज लिएपनि मुख्यमन्त्रीको तयारी भने महिनौ पहिलादेखि गरिसकेका छन् । पोखरेल र राई दुवै जना सुचना तथा सञ्चारमन्त्री पनि भइसकेका नेता हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: