×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांग्रिलाको हकप्रद भर्ने आज अन्तिम म्याद, सेयर भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकको ८०% हकप्रद भर्ने सोमबार अन्तिम दिन रहेको छ । आज कार्यालय समय भित्र हकप्रद भरि सक्नु पर्नेछ । हाल सांग्रिलाको चुक्ता पुँजी १ अर्ब ३५ करोड ८४ लाख ७४ हजार ७५० रुपैयाँ रहेको छ । हकप्रदपछि भने बैंकको चुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख ५४ हजार ६०० रुपैयाँ पुग्नेछ ।
प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं तथा सांग्रिलाको मुख्य कार्यालय बालुवाटार काठमाडौंसहित सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, बनेपा, जनकपुर र दमक (झापा) शाखा कार्यालयसहित आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: