×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ब्रम्हलुट मच्चाउने देउवालाई १ रुपैयाँ चन्दा !

काठमाडौँ – माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले एकपछि अर्को गर्दै राष्ट्रिय ढकुटीमा व्रम्हलुट मच्चाएको आरोप लगाउँदै ब्यङ्ग्य स्वरुप १ रूपैयाँ संकलन अभियान सुरु गरेको छ । क्रान्तिकारीले उपत्यका तथा देशका सवै प्रमुख शहरहरुमा १ रूपैयाँका दरले चन्दा संकलन गरी जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री देउवालाई बुझाउने कार्यक्रम तय गरेको छ ।
उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, ‘कामचलाऊ प्रधानमन्त्री शेरवहादुर देउवाले राष्ट्रिय ढिकुटी रित्याएर अचाकली ब्रम्हलुट मच्चाउन थालिसके । केहीले नपुगेका इतिहासकै यी नालायक प्रधानमन्त्रीलाई आउनुस् कार्यकर्ता पोस्न रु १ चन्दा सहयोग गरौं ।’
देउवाले हदैसम्म बम्हलुट गर्न थालेपछि सांकेतिक विरोध र भण्डाफोर अभियान चलाउन बाध्य भएको बस्नेतले दावी गरे । क्रान्तिकारीले प्रधानमन्त्री देउवालाई १ रूपैयाँ अभियान आजबाटै उपत्यकाका कलेजहरुबाट सुरु गरेको छ । यो अभियान देशैभर चल्ने क्रान्तिकारीले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: