×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्योदय लघुवित्तको हकप्रद सुरक्षित गर्ने आज अन्तिम मिति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सूर्योदय लघुवित्त वित्तीय संस्थाको ७०% हकप्रद सेयर सुरक्षित गर्ने बिहीबार(माघ २५) अन्तिम दिन हो । कम्पनीले माघ २६ गते बुक क्लोज गर्ने भएको छ । सूर्योदयलाई १ः०.७ अनुपातमा २ लाख ८० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको छ । अब छिट्टै कम्पनीले हकप्रद बिक्री खुला गर्नेछ । 
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । सूर्योदयले यसअघि १९% बोनस सेयर वितरण गरिसकेको छ । कम्पनीले बोनसपछि कायम हुने चुक्ता पुँजीबाट २ करोड ८० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको हो । हाल सूर्योदयको चुक्ता पुँजी ४ करोड ७६ लाख रुपैयाँ छ । ७०% हकप्रद बिक्रीपछि भने चुक्ता पुँजी ७ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: