×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वरोजगार लघुवित्त खुद नाफा १९.११% ले बढ्दा प्रतिसेयर आम्दानी कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – स्वरोजगार लघुवित्त विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १९.११%  वृद्धि गरेको छ । यो बैंकले गत वर्ष १ करोड ४२ लाख ४७ हजार रुपैयाँबाट बढेर  १ करोड ६९ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, कम्पनीले खुद ब्याज आम्दानी पनि ३८.८९% ले वृद्धि गरेर ५ करोड ७६ लाख २५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष स्वरोजगारले ४ करोड १४ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन नाफा पनि २ करोड २३ लाखबाट बढेर २ करोड ६६ लाख ६९ हजार रुपैयाँ पुगेको छ । खुद नाफा बढ्नुमा ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार हुँदा खुद नाफा माथि लैजान सहयोग पुगेको देखिन्छ । 
निक्षेप ३६ करोड रुपैयाँबाट बढोत्तरी गरेर ६० करोड पुर्याएको यस कम्पनीले १ अर्ब ६८ करोड ७४ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यता, कम्पनीको चुक्ता पुँजी भने १२ करोड २४ लाख ९७ हजार रुपैयाँ छ भने जगेडा कोषमा भने ४ करोड ६८ लाख ५२ हजार रुपैयाँ जम्मा भइसकेको छ । गत वर्ष स्वरोजगारको चुक्ता पुँजी ६ करोड ९९ लाख ९८ हजार रुपैयाँ मात्र रहेको थियो । खराब कर्जा घटाएर ०.२३% मा सीमित भएको छ । गत वर्ष खराब कर्जा ०.३२% रहेको थियो । कस्ट अफ फन्ड भने बढेर ११.५२% भएको छ । गत वर्ष कस्ट अफ फन्ड ८.८३% रहेको थियो । त्यस्तै, कर्जा निक्षेप अनुपात २४३.९०% बाट बढेर २७७.५३% भएको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ ७० पैसा (वार्षिक) रहेको स्वरोजगारको प्रतिसेयर नेटवर्थ भने १३८ रुपैयाँ २४ पैसा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: