×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उन्नति माइक्रोफाइनान्सको आइपीओ बाँडफाँट, कतिले पायो आइपिओ ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ आज बाँडफाँट भएको छ । यो आइपीओमा कुल २ लाख ४४ हजार ४२७ जना स्वीकृत आवेदकमध्ये गोलाप्रथाबाट १५ हजार १५ जना आवेदकले सेयर पाएका छन् । २ हजार ४६७ जनाको आवेदन रद भएको छ । कम्पनीले गत पुस २१ देखि २५ गतेसम्म १ लाख ६५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ४% (६ हजार ६०० कित्ता) कर्मचारी र ५% (८ हजार २५० कित्ता) सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको १ लाख ५० हजार १५० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको थियो । 
कम्पनीले जारी पुँजीको ३०% आइपीओ बिक्री गरेको हो । यो माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय रुपन्देही जिल्लामा रहेको छ । हाल यसको १० जिल्लामा २७ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन् । उन्नतिले गत आर्थिक वर्षमा १ करोड ६९ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ २ पैसा छ । कम्पनीले चालु आर्थिक वर्षमा १ करोड ७८ लाख २१ हजार खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: