×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भीआइपी सवारीमा सर्वसाधरणलाई रोक, कारणबारे लिखित जवाफको माग

काठमाडौँ – भीआइपीको सवारी हुँदा सर्वसाधारण नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउनुको कारण लिखित रुपमा सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार भीआइपीको सवारी हुँदा किन सर्वसाधरण नागरिकलाई सडक यात्रामा रोक्नुपरेको भन्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।
आदेशमा भीआइपीको सवारी हुँदा सडक खाली गराई राष्ट्रपति तथा विशिष्ट व्यक्तिकोे सुरक्षाका कारण सवारीलाई रोक लगाउने काम कुन–कुन कानुनमा उल्लेख गरिएको छ भन्नेबारेसमेत लिखित जवाफ माग गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई अधिवक्ता ज्ञानेश्वर कोइरालाले माघ १९ गते दायर गरेको रिट निवेदनमा भीआइपीको सवारीमा नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउँदा नागरिक अधिकारको हनन् भएको उल्लेख छ ।
नेपालको संविधानले सबै नागरिकलाई स्वतन्त्रतापूर्वक सडकमा यात्रा गर्न पाउने अधिकार दिएको भएपनि राष्ट्रपति तथा अन्य विशिष्टको सवारी हुँदा नागरिकको यात्रा गर्न पाउने अधिकारको हनन् भएको र नागरिकलाई मर्का परेको निवेदनमा उल्लेख गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: