×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बधाई छ ! नेपाल चार्टड एकाउन्टेन्ट्स संघको उपाध्यक्ष पदमा सिए दीपक पाण्डे निर्विरोध निर्वाचित !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ-  नेपाल चार्टड एकाउन्टेन्ट्स संघको उपाध्यक्षमा सिए दीपक पाण्डे निर्विरोध निर्वाचित भएका छन् । संघको उपाध्यक्ष पदमा अरु कसैको उम्मेद्वारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । संघले दिएको जानकारी अनुसार चुनावका लागि अध्यक्षमा २ जना, कोषाध्यक्षमा ३ जना, महासचिवमा २ जना र सदस्यका लागि १२ जनाको उम्मेद्वारी परेको छ ।

यसअघि उक्त पदमा सन्तोष लम्सालले समेत दावेदारी दिने बताएपनि लम्साल पछी हटेका थिए । अरु कोहि सिए उपाध्यक्ष पदमा नउठेपछ्ही पाण्डे निर्विरोध भएका हुन् । गत चुनावमा पाण्डेले सन्तोष लम्सालसँग महासचिवमा चिट्ठामा हारेका थिए । अहिले उनै लम्साल पुन: पाण्डेसंग लड्छु भन्दै फेसबुकमा स्ट्याटस राखेपनि उनी हार्ने निश्चित भएपछि उनले उम्मेद्वारी नै दिएनन् ।

दीपक पाण्डेको कार्यकाल सफल रहोस्, ! हाम्रो शुभकामना !    

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: