×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आउटसोर्स कम्पनी ‘आस्कमी मेनेजमेन्ट’को लापरवाहीका कारण ग्लोबल आइएमई बैंकको यस्तो बेइज्जत !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ माघ २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

आउटसोर्स कम्पनी ‘आस्कमी मेनेजमेन्ट’को लापरवाहीका कारण ग्लोबल आइएमई बैंकको यस्तो बेइज्जत !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – केहि समय अघि ग्लोबल आइएमइ बैंकले विभिन्न पदका लागि भ्याकेन्सी निकाल्यो । तर भ्याकेन्सी सार्वजनिक हुने बित्तिकै बैंकका एच आर प्रमुख भवानी ढकालले ठुलो अपजस भोग्नु पर्यो । कारण थियो, ‘मेनेजमेन्ट ट्रेनीमा सिए मागिएको’ प्रकरण । 
सिएहरुलाई नियमन गर्ने निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्षले तुरुन्त बैंकका एचआर प्रमुखलाई फोन गरी स्पष्टीकरण मागे । सिए जस्तो सम्मानित पेशालाई ‘मेनेजमेन्ट ट्रेनी’मा भ्याकेन्सी किन खुलाएको भन्दै उनलाई स्पष्टीकरण समेत मागियो । नभन्दै बैंकले माफी पनि माग्यो । आफ्नो भ्याकेन्सीमा गम्भीर त्रुटी भएको बताउंदै आफुहरु माफीपत्र जारी गर्न तयार भएको र आउँदा दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता बैंकले जनायो । 
बैंकको भ्याकेन्सीले सिए क्षेत्र राम्रैसँग हल्लियो । नहाल्लियोस् पनि किन, सिएहरुको ऐतिहासिक बेइज्जत भएको थियो उक्त भ्याकेन्सीका कारण । नेपालमा सिएको क्रेज घटेकै हो त ? भन्ने विश्लेषण पनि भयो । तर कुरा त्यसो होइन रहेछ । कर्मचारी आउटसोर्स गर्ने जिम्मेवारी पाएको आस्क मी मेनेजमेन्ट प्रालि नामक कम्पनीको गम्भीर लापरवाहीका कारण यस्तो भएको रहेछ । 
भएको यस्तो रहेछ !
‘हामीले उक्त भ्याकेन्सी निस्किने बित्तिकै ग्लोबल आइएमइ बैंकसँग यसबारे बुझ्यौं । बैंकका एचआर प्रमुख भवानी ढकालले आउटसोर्स कम्पनीको लापरवाहीका कारण त्यस्तो त्रुटी भएको र यसमा आफ्नो कुनै बदनियत नरहेको बताउनुभयो ।’ आइक्यानक अध्यक्ष प्रकाश जंग थापाले अर्थ सरोकारसँग भने, ‘उहाँहरुले माफी मागिसक्नुभएको छ । औपचारिक माफीपत्र आइक्यानमा छिट्टै आउनेछ ।’
यता यस विषयमा बैंकलाई प्रेसर दिनुपर्ने आवाज उठाईरहेका अर्का एक काउन्सिल सदस्यका अनुसार ग्लोबल आइएमइ बैंकले दिएको जानकारी र आस्क मी मेनजमेन्ट प्रालिले प्रकाशित गरेको भ्याकेन्सीमै फरक थियो । ‘ग्लोबल आइएमइ बैंकले प्रकाशन गर्न दिएको विवरण र आउटसोर्स कम्पनीले छापेको विवरण नै फरक रहेछ । बैंकसँग बुझ्दा बैंकको नभई आउटसोर्स कम्पनीको लापरवाही देखियो । बैंकले दिएको फाइनल अपुभ्रलको विवरणसमेत बंग्याएर छापेछा आउटसोर्स कम्पनीले ।’ ती काउन्सिल सदस्यले सिए सरोकारसँग भने । 

यस्तोसम्म लापरवाही ! आस्कमीबाट अरुले पनि पाठ सिक्ने कि ?
आस्क मी मेनेजमेन्टको वेव साइटमा उसले आफुहरु अरु भन्दा फरक काम गर्ने दावी गरेको छ । तर बैंकले दिएको जानकारीसमेत राम्रोसँग टाइप गर्न नजान्ने यस्ता कम्पनीका कारण एकातर्फ बैंकको बेइज्जत भएको छ भने अर्कोतर्फ सिएको मानहानीसमेत भएको छ । त्यतिमात्र होइन, एउटा कम्पनीले गरेको यस्तो लापरवाहीपूर्ण कामका कारण अन्य राम्रा आउटसोर्स कम्पनीलाई हेर्ने नजर पनि बिग्रिएको छ । 
ग्लोबल आइएमइ बैंक स्रोतले दिएको जानकारी अनुसार यो प्रकरणपछी अब आस्कमी मेनेजमेन्ट प्रालिलाई कुनै पनि काम नदिनका लागि बैंकभित्र सहमति भइसकेको छ । यस्तो लापरवाही गर्ने गैरजिम्मेवार कम्पनीलाई काम दिन एचआर विभागमा समेत ठुलै प्रेसर आएको थियो । यो प्रकरणपछी सिएहरु ठुलो पोष्टमा भएका बैंक तथा अन्य कम्पनीहरुले पनि आस्कमी मेनेजमेन्टजस्तो कम्पनीलाई काम दिएर बैंकले नै गलत गरीरहेको चर्चा गरिरहेका छन् । यस विषयमा आस्कमी मेनेजमेन्टको धारणा लिन हामीले कम्पनीमा फोन गरेका थियौं । तर दुइपटक फोन गर्दापनि कुनै ‘रेस्पोन्स’ आएन ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: