×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बन्दै बन्दैन देश यो ‘बन्द’ले ! त्यसैले ‘बन्द’ गरौँ यो ‘बन्द’ !

  • एसपी ‘सुमन’
काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज अर्थात फाल्गुन ८ गते नेपाल बन्द गरेको छ । उसैको भाषामा भन्दा आफ्ना केन्द्रीय नेताहरुसहित सयौं नेता-कार्यकर्ताहरु गिरफ्तार परेपछि नेपाल कम्युनिष्ट पार्टीले बन्दको घोषणा गरेको हो । तर कारण जे भएपनि बन्दले सबैलाई पिरोल्ने निश्चित छ । थोरै प्रभाव भएपनि जनताको जीवन प्रभावित हुने निश्चित छ । आखिर बन्दले सताउने त सानालाई न हो ! ठुलालाई त के बन्द लाग्छ र यो देशमा ? 
बन्दैन देश यो बन्दले !
आफ्ना माग पूरा गराउन खोज्नु ठीक भए पनि आम सर्वसाधारणलाई कष्ट हुनेखालका विरोधका कार्यक्रम गर्नु ठिक होइन । विद्यार्थीले पढ्न नपाउँदा, अस्पताल बन्द हुँदा, यातायात बन्द हुँदा देश कसरी बन्छ र ? अहँ बन्दै बन्दैन । देशले लामो समय बन्दको मार खेपेको थियो । जसले गर्दा अहिलेपनि हामी धेरै पछी छौं । एक दिन बन्द हुँदा देशलाई अरवौंको राजश्व गुम्छ । पटक पटक बन्द हुँदा नेपाली अर्थतन्त्र माथि उठ्न सकिरहेको छैन । मुलुक प्रभावित भएको छ । पछिल्लो समय विभिन्न समूहले अनेक खालका माग राखेर बन्द गर्ने चलन पनि फष्टाएको छ । देशका विभिन्न ठाउँमा भएका बन्द, हड्तालबाट जनता वाक्कदिक्क भएका छन् । तर पनि बन्द हुने शीलशीला रोकिएको छैन । बन्द, हड्तालले गर्दा यातायातका साधन ठप्प हुँदा यात्रुहरुको बिजोग हुने गरेको छ । बिरामी, मजदुर, सर्वसाधारण तथा गन्तव्यमा पुग्नुपर्ने यात्रुहरुलाई बन्दले निकै दुःख दिने गरेको छ ।

बन्द गरौँ यो बन्द !
नेपालले भूकम्प सहयो, नाकाबन्दी सहयो । अझ के के सहनुपर्ने हो । यसमा झन् बन्दले दिएको दुख थपिएको छ । बन्द, हड्तालको निरन्तरताले पर्यटन, शिक्षा, खेलकुद लगायतका सबैजसो क्षेत्र प्रभावित छन् । यसले देशलाइ पक्कै फाइदा गर्दैन । बन्द, हड्ताल राज्यको ध्यानाकर्षण गराउने एउटा माध्यम त पक्कै हो । तर यसले समग्र नेपाली अर्थतन्त्रमा नराम्रो धक्का लाग्ने पक्का छ । सर्वसाधारणलाई सास्ती दिएर बन्द गर्नुभन्दा त्यसको अर्को उपाय खोजिनु पर्छ । किन बन्दले देश बन्दै बन्दैन। त्यसैले यो बन्द सदाका लागि बन्द हुनुपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: