×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक मुकुन्दलाल श्रेष्ठ पक्राउ !

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 

काठमाडौँ- कलङ्कीमा रहेको साइरस सहकारी लगायत आधा दर्जनभन्दा बढी संस्थाहरुमा आवद्ध रहेका मुकुन्द लाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । करोडौं रुपैयाँ ठगेको अभियोगमा आधा दर्जनबढी उजुरी परेपछि थप अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले कोसँग कति ठगेका छन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ भने उजुरी आउने क्रम पनि अझै जारी छ । पक्राउ परेका श्रेष्ठका विरुद्ध करिव डेढ करोड रुपैयाँ ठगीको उजुरी आइसकेको छ भने पक्राउ परेपछि थप उजुरी आउने क्रमसमेत नरोकिएको बुझिएको छ । उनी कलेज सञ्चालकसमेत हुन् ।

कलंकीमा रहेको साइरस कलेजका संचालक समेत रहेका उनीविरुद्द २६२ जनाको उजुरी परिसकेको प्रहरीले जनाएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: