×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नजिकिंदै छ नेपालको पहिलो सीइओ समिट, तपाईंले नोमिनेसन दर्ता गराउनु भयो त ? (कार्यक्रमको विवरणसहित)

काठमाडौं- नेपालमा पहिलोपटक हुन लागेको सिइओ अवार्डको आवेदन फाल्गुन १३ गते सम्म दिन सकिने भएको छ । बिजनेश प्लस टेलिभिजन र सिईओ क्लवको संयुक्त आयोजनामा हुन लागेको सिइओ समिट तथा अवार्डमा सिइओ अवार्डका लागी इच्छुकले फाल्गुन १३ गते सम्म आवेदन दिन सकिने आयोजकले जनाएको छ ।
आउने फागुन ३० गते काठमाडौंमा आयोजना हुन लागेको नेपाल सिइओ समिट तथा अवार्ड कार्यक्रममा बिभिन्न ६ वटा फरक फरक बिधामा अवार्ड हुन लागेको हो । अवार्डमा धेरै भन्दा धेरैको आवेदन र सकारात्मक प्रतिकृया आइरहेकाले अवार्डको आवेदन समय ५ दिनलाई थप गरिएको बिजनेश प्लस टेलिभिजनका कार्यकारी निर्देशक डम्वर शाहुले जनाएका छन् ।
समिटमा पहिलो पटक १७ देशका झण्डै ३ सय जना सिइओ तथा विजनेश लिडरहरुको जमघट हुन थालेको हो । बदलिंदो राजनीतिक परिस्थितिमा अब बन्ने सरकारका आर्थिक मुद्धाहरु के हुन्छन भन्ने कुरा समिटको पहिलो विषय हुने पनि आयोजकको दाबी रहेको छ । समिटमा ठूला र बहुराष्ट्रिय कम्पनीका सफल सिईओहरु र नेतृत्वकर्ताहरुले व्यवसाय सञ्चालन तथा व्यवस्थापनमा कस्ता तौरतरिका अपनाएका छन र यो अवस्थासम्म आउन उनीहरुले के कस्ता प्रयास गरे भन्ने विषयमा समेत छलफल, बहस र अनुभव आदान–प्रदान हुने जनाइएको छ ।
उक्त समिट तथा अवार्डमा सहभागी हुन चाहने विभिन्न कम्पनीका सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुले यही फागुन १३ गते अर्थात फेब्रुअरी २५ सम्म http://nepalceosummit.com/nomination/  मा गई अनलाईन आवेदन फर्म भर्न सक्नेछन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: